काठमाडौँ – धनुषाको सबैला नगरपालिकामा मंगलबार एक व्यक्तिको नि-धन भयो। उनको पार्थिव शरीरलाई पाँच छोरीहरुले काँध दिएर घाटसम्म पुर्याए।
मंगलबार नि-धन भएका व्यक्ति थिए सबैला नगरपालिका वडा नम्बर दुईका रामनारायण यादव । उनी नेपाली कांग्रेसका स्थानीय नेता समेत थिए। उनै यादवका पाँच छोरीहरु उनको श-वयात्रामा सहभागी भएर उनलाई घाटसम्म पुर्याएका हुन्।
बताइएअनुसार, छोरीहरू ४० वर्षीया नेतुर यादव, ३७ वर्षीया राजोदेवी यादव, ३५ वर्षीया प्रमीलादेवी यादव, ३२ वर्षीया अनिता देवी यादव र ३० वर्षीया गोरकी देवी यादवले रामनारायण यादवको श-वलाई काँध दिएका थिए। रामनारायणको श-वलाई श्रीमती रबिया देवीले दागबत्ती दिएकी थिइन्।
सबैला नगरपालिकाका प्रमुख विजय शंकर साहका अनुसार मृतक यादवका छोरा थिएनन्। यहि कारण पाँच छोरीले मंगलबार उनको श-वलाई काँध दिएका हुन्।
सामान्यतया, नेपाली समाजमा पिताको निधन भएपछि छोराहरुले मात्रै काँध दिने र अन्तिम संस्कार(अन्त्येष्टि)मा सहभागी हुने प्रचलन छ। यहि प्रचलनलाई चुनौती दिँदा यादवका पाँच छोरी अन्त्येष्टिमा सहभागी भए। उनीहरुको यस कदमलाई सामाजिक संजालमा उदाहरणीय कदमको रुपमा हेरिएको छ।