प्रजातन्त्र दिवस: टुँडिखेलमा आयोजित विशेष समारोहमा जे देखियो…[तस्विर सहित]

काठमाडौँ – एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

ः राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ७०औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा र सहभागी हुुर्दै । तस्वीर ः रोशन सापकोटा÷रासस

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली ७० औँ प्रजातन्त्र दिवसको अवसरमा बुधबार काठमाडौँको टँुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै । तस्वीर ः रोशन सापकोटा÷रासस

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो ।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत । तस्वीर ः रोशन सापकोटा÷रासस

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृ-त्युद-ण्ड दिएको थियो । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टँुडिखेलमा बुधबार आयोजित समारोहमा नेपाली सेनाद्वारा मार्च पास । तस्वीर ः रोशन रोशन सापकोटा÷रासस

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ ।

तस्विर : रासस

प्रकाशित : , ०, ००६:१६

दुई विमान आकाशमा जुधे, दुवै विमानका सम्पूर्ण यात्रुको ज्यान गयो ! [भिडियो]