“राजतन्त्र गयो तर गएन सरकारी कर्मचारीका सामन्ती संस्कार” [भिडियो सहित]

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(ने क पा )की सांसद ईन्दु कुमारी शर्माले देशमा राजतन्त्र गएपनि निजामती कर्मचारी हाकिमको सामन्ती संस्कार नगएको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भए पनि सामन्ती संस्कारको अन्त्य हुन नसकेको प्रति सदन तथा सरकारको ध्यानकर्षण गराइन् ।

जनताला काम लिएर विभिन्न सरकारी कार्यहरुमा धाउँदा त्यहाँका उच्चपदस्थ कर्मचारीहरुले आफू मातहतका कमचारीहरुलाई तुच्छ व्यवहार गरेको देख्दा आफूलाई दुख लागेको उनले सुनाइन्।

संविधानको २०७२ को भाग ४ (ग) १ र ५ मा सामाजिक सांस्कृतिक रुपान्तरणसम्बन्धी नीतिमा सभ्य संस्कृतिको विकास गर्ने, समाजमा विद्यमान धर्म परम्परा तथा संस्कारहरुको नाममा हुने विभेद, असमान व्यवहार अन्त्य गर्ने भनिएता पनि त्यसो हुन नसकेको उनले बताइन्।

“संविधानको २०७२ को भाग ४ (ग) १ र ५ मा सामाजिक सांस्कृतिक रुपान्तरणसम्बन्धी नीतिमा सभ्य संस्कृतिको विकास गर्ने, समाजमा विद्यमान धर्म परम्परा तथा संस्कारहरुको नाममा हुने विभेद, असमान व्यवहार अन्त्य गर्ने भनेको छ।”,उनले भनिन्।

निजामती कर्मचारी क्षेत्रमा उच्चपदस्थ कर्मचारीहरुले राजा-रैतीजस्तो व्यवहार अन्त्य गरी सभ्य र सम्मानजनक व्यवहार गर्नुपर्ने तर्क उनले जोड दिइन्।

“राज्यका सुरक्षा निकाय, न्यायलयका कर्मचारीतन्त्रभित्र मातहतका कर्मचारीसँग हेपाहा भाषाको प्रयोग नगरी राजा-रैतीजस्तो व्यवहार अन्त्य गरी सभ्य र सम्मानजनक व्यवहार गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहान्छु।”,उनले भनिन्।

प्रकाशित : , ०, ०१०:५६

गोदावरीको २७ सहकारी झोलामा