चोरीको सामान फिर्ता गरेर दुई पटक विष्णु विष्णु भन्नू भन्दै गगनले सुनाए स्वस्थानी [भिडियो सहित]

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेकपा नेता विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिइएको प्रति कडा व्यंग्य गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै थापाले स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरण माथि व्यंग्य गरेका हुन्।

स्वस्थानी ब्रत कथाको शैलीमा थापाले चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू भने।


“कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि, अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् । इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय धन्यवाद ।”,थापाले भने।

प्रकाशित : , ०, ००८:३९

बेस्सरी हावा चल्दा हल्लियो विमान, पाइलटले यसरी गराए अवतरण (भिडियो सहित)!