काठमाडौँ, फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार ब-ला-त्कार प्रयासको मुद्दामा अदालतबाट सफाइ पाएका थिए। जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका महरालाई कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिएका छन्। साथै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पनि उनलाई फोनमार्फत बधाई दिईसकेका छन्।
महरा जेलबाट छुटेर बाहिर निस्कने क्रममा अध्यक्ष प्रचण्डले महरालाई अदालतबाट निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।
त्यस्तै महरा छुट्दा संसद सचिवालयकी कर्मचारी रोशनी शाही पनि खुसि भएकी छिन्। रोशनीले लगाएको आरोप कै कारण महरा सभामुख बहिगर्मन र जेलसम्म पुगेका थिए। तर अहिले उनको बयानले सबैलाई अचम्मित तुल्याएको छ । उनले भनेकी छिन् , ‘महरा सरकारले सफाइ पाउनुभयो, म खुशी छु र मैले पनि न्याय पाए। ष-ड्यन्त्रका साथ दुख दिन खोज्नेहरु पराजित भएका छन्।’
जिल्ला अदालत, काठमाडौंले सोमबार सफाइ दिए लगतै प्रहरीले महरालाई डिल्लीबजार कारागार पुर्यायो । त्यहा सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भएका हुन् ।
रोशनी शाहीलाई ज-बर्जस्ती क-रणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध क-रणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।
संसद् सचिवालयका एक महिला कर्मचारीलाई क-रणीको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सोमबार सफाइ दिने फैसला गरेको हो ।