ब-लात्कार प्रयासको मुद्दामा पूर्वसभामुख महरा निर्दोष ठहर!

काठमाडौँ, फागुन ५ । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको ब-लात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुका छन्  । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।

एक महिला कर्मचारीलाई जबर्ज-स्ती क-रणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध क-रणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई क-रणीको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो । गर्नुभयो ।

प्रकाशित : , ०, ००९:१८

राष्ट्रपतिबाट मन्त्री तुम्बाहाङ्फेलाई शपथ!