‘अनुदानको सवा अर्ब सिजीले हिनामिना गरेको आशंका’

काठमाडौं । सांसद तथा अर्बपति व्यवसायी विनोद चौधरीले सन् २००४ मा सरकारबाट अनुदान लिएको एक अर्ब बढी रकम हिनामिना गरेको हुन सक्ने आशंका सरकारले नै गरेको छ । विश्व बैंकबाट ऋण लिएर सरकारले अनुदान दिएको सो रकमको खर्च र गर्नुपर्ने कामको विवरण अहिलेसम्म नदेखाएपछि अनुसन्धान गरिने भएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सिजीले स्वामित्व किनेको एसटीएम कम्पनीलाई सरकारले सन् २००४÷०५ ताका दिएको १ करोड १८ लाख ६५ डलर (एक अर्ब ३५ करोड रुपैयाँ) अनुदान उपयोग कहाँ कसरी भयो देखाउनुपर्ने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए । कम्पनी किनेपछि दायित्व पनि सर्ने भएकाले चौधरी ग्रुपले त्यसको परिणाम देखाउनुपर्ने उनको भनाइ छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले सो विषयमा सरकारले छानबिनको प्रक्रिया अगाडि बढाएको जानकारी पनि दिए । ‘एसटीएम खरिद गरेपछि सिजीमाथि दायित्व पनि आएको हुन्छ, तत्कालीन एसटीएमले बिस्तार गर्नुपर्ने ५ सय ३४ गाविसमा विस्तार गर्नुपर्ने सेवा के कस्तो अवस्थामा छ, भिसीआट प्रविधि कहाँ छ, सम्पत्ति कति हिनामिना भएको छ त्यसको छानबिन हुन्छ,’ उनले भने ।

मन्त्री बाँस्कोटाले यो रकमको सदुपयोग भयो÷भएन भनेर अब अध्ययन हुने जानकारी समेत गराए । ‘पूर्वाञ्चलमा ५ सय ३४ गाविसमा दूरसञ्चार सेवा पु¥याउन सरकारले विश्व बैंकसँग ऋण लिएर उहाँहरूलाई रकम दिएको थियो,’उनले भने, ‘त्यसमा पूर्वशर्तहरू थिए, १०६८ वटा पीएसओहरू खोल्नुपर्ने शर्त थियो, खै त ती भिस्याटमा उपकरण ?’उनले सिजीलाई लाइसेन्स लिनका लागि प्रक्रिया अनुसार आउन आग्रह गर्दै ढोका हुँदाहुँदै झ्यालबाट आउनु प्रक्रिया विपरीत भएको बताए ।

तत्कालीन समयमा मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित नभएको हुँदा कानुनी आधार नहुने उनको भनाइ छ । ‘विगतमा मन्त्रिपरिषद्बाट लाइसेन्स पूर्वशर्त आफ्नो अनुकूलतामा बदल्ने काम भयो, जो राजपत्रमा प्रकाशित भएको छैन, राजपत्र निकाल्ने काम त्यो काम दूरसञ्चार प्राधिकरणको हैन,’ उनले भने । सिजीले आफूले गर्नुपर्ने काम नगरी सरकारलाईमात्र दोषी देखाएको बाँस्कोटाले बताए ।उनले भने,‘सबै क्षेत्रका लगानीकर्ताहरूलाई लगानी मैत्री वातावरण बनाउन सरकार तयार छ । तर, इमानदारिता लगानीकर्ताको पनि चाहिन्छ ।’

सिजीसँग पैसा मागेको झुटो आरोप लगाइएको उनले बताए । उनले भने,‘मेरो घरमा राख्न त २० अर्ब माग्यो सिजीले आरोप लगायो । मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन । चाहिँदा पनि चाहिँदैन ।’

प्रकाशित : , ०, ००४:४९

प्रदेश–२ मुख्यमन्त्री स्वच्छता अभियानमा अनियमितताको ‘गन्ध’, सिमेन्टको ठाउँमा ग्राबेल र माटो !