नेपाली सेनाको गाडी सडकबाट खस्दा टुक्रा-टुक्रा भयो

तस्विर : काँचुली खबर

काठमाडौँ – सल्यानबाट दाङ जाँदै गरेको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको गाडी दुर्घटनामा परेको हो।

ह-तियार बोकेको नेपाली सेनाको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा यादवप्रसाद घरेल रहेका छन्।

तस्विर : काँचुली खबर

उक्त गाडीमा सात जना सवार रहेको बताइएको छ। जसमध्ये दुई जना अझै बेपत्ता छन्। प्रहरीका अनुसार घाइते हुनेहरुमा बिपिन श्रेष्ठ, मोहन लाल थापा, जय प्रसाद बोहरा, बिशाल गुरुङ, रोशन हितन र  इश्वर सिलवाल रहेका छन्। घाइतेहरु अवस्था गम्भीर छ ।

ह-तियार र ब-म उक्त गाडी सडकबाट ५०० मिटर तल खसेको थियो। दुर्घटनामा परी गाडी पुरै टुक्राटुक्रा भएको छ।

तस्विर : काँचुली खबर

प्रकाशित : , ०, ०१३:००

बालुवाटारको जग्गा प्रकरणमा आफूलाई कारवाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट