बाबुराम भट्टराई र माधव नेपाल पनि भ्रष्टाचार मुद्दामा तानिन सक्ने, सर्वाेच्चमा रिट पर्यो

काठमाडौँ – बालुवाटार स्थित ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध पनि मुद्दा प्रक्रिया अगाडी बढाइनुपर्ने भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

बालुवाटार स्थित ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध पनि मुद्दा प्रक्रिया अगाडी बढाइनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन्।

ललितानिवासको जग्गा व्यक्तिको नाममा गर्ने विषयमा मन्त्रिपरिषद्‍बाट भएका निर्णयमा प्रधानमन्त्रीहरूको भूमिका हुने भन्दै उनले बुधबार रिट दायर गरेको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा गत बुधबार मुद्दा दायर गरेको थियो।

आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा तीन मन्त्री, छ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीलगायत १७५ विरुद्ध आरोपपत्र दायर गरेको थियो।

बालुवाटार जग्गा प्रकरणमा नीतिगत निर्णय गर्ने मन्त्री विरुद्ध मुद्दा दर्ता गरिएता पनि प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिने काम भएको भन्दै अख्तियारको सर्वत्र आलोचना भैरहेको थियो।

यस्तै बालुवाटार ललितानिवासमा रहेको आफ्नो जग्गा फिर्ता गरिसकेका नेकपा नेता विष्णु पौडेलका छोरा र सर्वोच्च न्यायाधीशलाई पनि चोख्याउन नहुने माग उठ्दै आएको छ।

प्रकाशित : , ०, ०१०:५३

सानेपा मृ-त्यु प्रकरण: दुवै मृतकका परिवारबाट प्रहरीमा जाहेरी !