निर्मला पन्त प्रकरण: निलम्बित एसपी बिष्टको यस्तो भावुक स्ट्याटस ! [स्ट्याटस सहित]

काठमाडौँ – निर्मला पन्त प्रकरण पश्चात निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले एक असल राष्ट्रसेवकको इमान्दारी र राष्ट्रभक्ति मेटाउने गरी गरिएको चरित्र ह-त्याको कुनै क्षतिपूर्ति हुन नसक्ने बताएका छन्।

निर्मला पन्त प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्व समितिले बुझाएको प्रतिवेदन खारेज गरेको प्रति प्रतिक्रिया दिँदै सामाजिक संजाल मार्फत उनले यस्तो बताएका हुन्।

सत्य कहिले नमेटिने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले नेपाल प्रहरी सफलताको अन्तिम बिन्दुमा पुगेको आफूलाई महसुस भएको सामाजिक संजाल मार्फत बताएका छन्।

अदृश्य एम्बुसहरुले प्रहरी अनुसन्धानलाई गलत बाटोमा निर्देशित गरेर अन्योल बनाएपनि अहिले आएर नेपाल प्रहरीले ती एम्बुसहरु पत्ता लगाएर सही निष्कर्षमा पुगेको उनको बुझाई छ।

“हामीले हिँड्दै गरेको बाटो अत्यन्त कठिन थियो तर सही थियो। जहाँ भारी बिसाएका थियौं त्यहीबाट भारी उठाउने निष्कर्षमा पुग्नु नेपाल प्रहरीको सफलता नै मान्नु पर्छ। सतहमा समथर देखिन्थ्यो तर जमीन भित्र अनेकौं एम्बुसहरु थिए । ती अदृश्य एम्बुसहरुले प्रहरी अनुसन्धानलाई गलत बाटोमा निर्दे्शित गरेर अन्योल बनाए। तर आज नेपाल प्रहरीले ती एम्बुसहरु पत्ता लगाएर पत्ता लगाएर सही निष्कर्षमा पुगेको जस्तो लाग्छ। अझै अनुसन्धानका हरेक पाइलाहरुमा आ आफ्ना स्वार्थहरुका त्यस्तै अनेकौं एम्बुसहरू छरपस्ट छन्। प्रहरीले सावधानी पूर्वक अगाडि बढ्नु जरुरी छ। गलत कुरालाई केही समय लुकाएर राख्न सकिन्छ, पछि सतहमा बाहिर आइहाल्छ । आखिर सत्यता सतहमा छताछुल्ल भएर आएको छ। नेपाल प्रहरी सफलताको अन्तिम बिन्दुमा पुगेको महसुस भएको छ। सबै कुराको न्याय र भौतिक क्षतिपूर्ति हुन सक्ला तर एउटा असल राष्ट्रसेवकलाई इमान्दारी र राष्ट्रभक्ति मेटाउने गरी गरिएको चरित्र ह-त्याको कहिले र कुनै कुराले पनि क्षतिपूर्ति हुने छैन।”,सामाजिक संजालमा उनले लेखेका छन्।

प्रकाशित : , ०, ००९:०५

प्रहरी महानिरीक्षकका दाबेदार जसले अस्पतालको बेडबाटै पाए अवकाश…