काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एक सांसदले सभामुखको कुर्सीमा आँखा लागेको प्रतिक्रिया दिएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद विरोध खतिवडाले सभामुखको कुर्सीमा आँखा लागेको बताएका हुन्।
सभामुखको निर्वाचन बारे चर्चा चल्दै गर्दै तत्कालिन उपसभामुखले शुवमाया तुम्बाहाम्फेले सभामुखको कुर्सिको जतन गरेझैं सापकोटाले पनि कुर्सीकोगर्नुपर्ने उनले सुझाए।
निर्वाचित हुनुअघिबाटै विवादमा तानिएका अग्नि सापकोटा सभामुखमा निर्वाचित भएलगतै संसद तीन दिन अवरुद्ध हुनुले केहि नकारात्मक संकेत गरेको हो की भन्दै उनले सभामुखको कुर्सीमा कालो टीको लगाउन सुझाव दिए।
“बच्चाहरुलाई पनि आमाले अरुको आँखा पर्न नदिन कालो निधार या अन्त कालो टीको लाइदिने गर्छन्। तपाईंले पनि त्यो कुर्सीमा अरुको आँखा लाग्न नदिन कुर्सीको खुट्टा या ढाडमा कालो लाउने हो कि।”,खतिवडाले रोचक पारामा सुझाव दिए।
सभामुखले सन्तुलित ढंगले संसद चलाउँछु भनेता पनि सुरुमै प्रतिपक्षीले अवरुद्ध गरेको उल्लेख गर्दै उनले अब सदनलाई सन्तुलित ढंगले चलाउन उनले सुझाव दिए।
“तपाईंले सन्तुलितरुपमा सदन चलाउँछु भन्दा भन्दै सुरुमै प्रतिपक्षीले अवरुद्ध गर्यो। सुरुमा जे भए पनि अब सदनलाई सन्तुलित ढंगले चलाउनु होला।”,उनले भने।