काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाली क्रिकेट टोलिबाट अमेरिकी क्रिकेट टोलिले धेरै कुरा सिक्नुपर्ने बताएका छन्।
बुधबार आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेल हेरेपछि बेरीले सामाजिक संजाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा बुधवार नेपाल र अमेरिकी क्रिकेट टीम बीचको एकदिवसीय क्रिकेट हेरेका बेरीले नेपालमा पहिलोपटक क्रिकेट प्रतक्ष्य हेर्न पाउनु आफ्नो लागि गज्जबको अभुभाव भएको बताएका छन्।
नेपालमा पहिलो प्रतक्ष्य क्रिकेट खेल गर्दै गर्दा नेपाली क्रिकेट टिम र अमेरिकी किकेट टिमका खेलाडी तथा अन्य अधिकारीहरुसँग भेट्न पाउनु उत्साहजनक भएको पनि उनले ट्वीटरमा उल्लेख गरेका छन्। “अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नु पर्छ।”, उनले ट्वीटरमा लेखेका छन्।
What an experience it was! Was very excited to meet the @CricketNep & @USACricket players along with officials/staff at my 1st live cricket match in #Nepal! So important for our #TeamUSA to learn and grow through tournaments like this one in #Nepal! #NEPvsUSA 🙏🇳🇵🇺🇸 pic.twitter.com/UVCqSiBIuG
— Ambassador Randy Berry (@USAmbNepal) February 12, 2020
अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए ।
यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए । यस्तै करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे ।