सिन्धुपाल्चोकमा कोरोना भित्रिएको आशंका, सय जना भन्दा बढीमा लक्षण देखियो !

काठमाडौँ – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको लक्षणसँग मिल्ने रोकका लक्षण देखिएको छ। जुगल गाउँपालिका ३ गुम्बामा सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको हो।

कोरोना भाइरसको संक्रमणसँग मिल्ने टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी, श्वास प्रश्वासमा कठिनाईलगायतका लक्षण सय जना भन्दा बढी व्यक्तिहरुमा देखिएपछि गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ। गाउपलिकाले मन्त्रालयलाई पत्र पठाउँदै परीक्षण गरी रोग पहिचानका लागि विषेश टोली पठाइदिन आग्रह गरेको हो।

कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्थानीय त्रसित भएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन्। उनका अनुसार एकजना बिरामी पर्ने वित्तिकै पुरै परिवार बिरामी परिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको उनले जानकारी गराए।

एको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएको र अहिले यस्तो समस्या सय जना भन्दा बढी व्यक्तिहरुमा देखा परिसकेको बताइएको छ।

“प्रस्तुत विषयमा सिन्धुपाल्बोक जिल्ला जुगल गाँउपालिका वडा न ३ साविक गुम्वा गा।वि।स। वडा नं ८ गुम्बा वस्तीमा मिति २०७६।१०।२७ गते देखि हाल विश्वमा फैलिरहेको नोबेल कोरोना भाईरस को लक्षण संग मिल्ने रुघा, खोकि र अत्याधिक जने जस्ता लक्षणका बिरामीहरु देखा परेको हुदा सो को परीक्षण गरी रोग पहिचानका लागि विषेश टोली पठाई आवश्यक सहयोग गरी दिनुहुन अनुरोध गर्दछौँ ।”,स्वास्थ्य मन्त्रालयलाई गाउँपालिकाले पठाएको पत्रमा भनिएको छ।

प्रकाशित : , ०, ००३:५२

भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु हुन् – राष्ट्रपति