काठमाडौँ – प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रहरी महानिरीक्षको लाइनका लागि प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक रहेका ठाकुरप्रसाद ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारिणी लम्साल थिए। यधपी सरकारले प्रहरी महानिरीक्षकमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
ज्ञवाली २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनको सेवा अवधि आगामी असार सम्मको मात्र रहेको बताइएको छ।
हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा ज्ञवालीको नाम वैकल्पिक उम्मेदवारका रुपमा निस्किएको थियो । त्यसकारण उनी पाँच महिना ढिला गरी नियुक्ति भएका थिए ।
प्रहरी नियमावलीमा भएमा एआइजी र एआइजी नभए डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ ।
कार्यम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, अनुभवलगायत विभिन्न मापनका आधारमा सरकारले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।