काठमाडौँ, माघ २ । स्याङ्जाको पुतलीबजार नगरपालिका-१, स्याङ्जामा बसोबास गर्ने एक महिलाले एकै पटकमा ४ सन्तान जन्माएकी छिन् । आज बिहान करिब ९ बजेर ५० मिनेटमा पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया सुनिता (पौडल) प्रधानले १ छोरा र ३ छोरीलाई जन्म दिएकी हुन्।
डाक्टर महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत सुनिताले सकुशल चार सन्तानलाई जन्म दिएकी हुन्। सुनिताले जन्माएका ४ नवजात सन्तानमा पहिलो छोरी (१.६ किलो) , दोस्रो छोरा (१.३ किलो ), तेस्रो छोरी (१.३ किलो) र चौथो छोरी (१.४ किलो) तौलका रहेका छन् । चारै नवजात शिशुको तौल कम भएकाले सबैलाई सघन कक्षमा राखिएको बताइएको छ ।
अहिले चारै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
तस्विर: खिम लामिछाने काजी