एजेन्सी, कमेडी किंग कपिल शर्मा हाल निकै खुसि छन्। उनि आफ्नो जिन्दगिबाट निकै खुसि छन् । एकातर्फ उनको शो पर्फेक्ट मोडमा चलेको छ बहने अर्को तर्फ उनि छोरीको बाबु बनेका छन्।
कपिलकी पत्नी गिन्नी चतरथले १० डिसेम्बरमा आफ्नी छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मिएपछि कपिल र उनकी पत्नी निकै खुसि छन्। कपिल आफ्नो ब्यस्त समयको बाबजुद पनि आफ्नी छोरीसंग समय बिताईरहेका छन्।
सोशल मिडियामा अहिले कपिल र उनकी छोरीको केहि तस्विर भाइरल भएको छ। तस्विरमा कपिल आफ्नी छोरीलाई काखमा लिदै देखिएका छन्। एक तस्विरमा कपिल, गिन्नी र उनकी छोरीले एक अर्कालाई हेरिरहेको देखिन्छ। जुन तस्विरलाई थुप्रैले मन पराएका छन्। यस तस्विरलाई धेरैले क्युट देखिएको बताएका छन्।
कपिलले १२ डिसेम्बर २०१८ मा गिन्नी चतरथसंग विवाह गरेका थिए। उनीहरुको विवाहमा टिभी, बलिउड र पन्जाबी इन्डस्ट्रीका सबै उपस्थित भएका थिए ।