काठमाडौँ – मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिन पाउने उमेरहद बढाइने भएको छ।
यातायात व्यवस्था विभागले मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिन पाउने उमेरहद बढाउन लागेको हो।
संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्रको उमेरहद बढाउने बारे यातायात व्यवस्था विभागले छलफल चलाएको हो।
१८ वर्ष पुगेकाले मात्रै मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिन पाउने बारे छलफल भैरहेको विभागले जनाएको छ।
संघीय सवारी तथा यातायात व्यवस्था ऐनको विषयमा विभागले प्रदेश सरकार र विभागका पुर्व महानिर्देशक तथा विज्ञहरूसँग छलफल चलाइरहेको छ।
हाल १६ वर्ष पुगेकाले मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिन पाउने व्यवस्था छ। ऐनको मस्यौदाको अन्तिम टुङ्गो यहि साता लगाउने विभागको तयारी छ।