अब नेपालले चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने पाउने !

काठमाडौँ – नेपालले चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ।

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको हो।

उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका अनुसार नेपालले चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने छ।

यस्तै लन्झाउ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाहहरु नेपालले प्रयोग प्रयोग गर्न पाउनेछ। पारवहन सम्झौता कार्यान्वयन आएको बारे उद्योग वाणिज्य तथा आपूति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिएका छन्।

नेपाल र चीन बीच चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ। रसुवा र तातोपानी (कोदारी) नाका संचालनमा रहेकोमा अब नेपालले हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला नाका पनि प्रयोग गर्न सक्नेछ।

प्रकाशित : , ०, ०११:१८

‘रेल्वे विधेयक २०७६’ स्वीकृतः रेल्वे बोर्ड गठन हुने