“पृथ्वीनारायण शाहलाई बिर्सनेले आफैंलाई बिर्सन्छ, युगले नै धिक्कार्छ”

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले आमाको दूध बिर्सनेले आफैंलाई बिर्सने र युगले नै धिक्कार्ने बताएका छन्। पृथ्वीजयन्तिका अवसरमा रावलले सामाजिक संजालमा एक कविता सार्वजनिक गर्दै यस्तो बताएका हुन्। ‘उठाऔँ झण्डा’ शिर्षकमा रावलले लेखेको कवितामा देशको माटो छोएर पृथ्वीनारायण शाहले इतिहास बनाएको देखि नेपाली धड्कन ढुकढुकी राम्ररी चलाएको सम्म कुरा उठाएका छन्।

पृथ्वीनारायण शाहलाई बिर्सनेले आफैंलाई बिर्सने र युगले नै धिक्कार्ने उनले कविता मार्फत बुझाउन खोजेका छन्।

“बिर्सन्छ जसले आमाको दूध बिर्सन्छ आफैलाई
त्यस्तालाई अधम भन्नेछ युगले सधैँ नै धिक्कार्दै,
उठौँ न उठौँ नेपाली जुटौं पृथ्वी सम्झदै”,उनले लेखेका छन्।

भीम रावल यसो लेख्छन् –

प्रकाशित : , ०, ०१०:४२

अब नेपालले चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने पाउने !