“पैगम्बर मोहम्मद र क्राइस्टको जन्मदिनमा बिदा, पृथ्वीनारायण शाहलाई हेंला ?”

काठमाडौँ – हिन्दु जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्यायले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई वेवास्ता गरेको आरोप लगाएका छन्।

आइतबार सामाजिक संजाल मार्फत उपाध्यायले श्रोत साधन नभएको कठिन परिस्थितिमा समेत नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई वेवास्ता गर्ने परिपाटी राज्यले लिएको आरोप लगाएका हुन्।

पृथ्वीजयन्तिमा सार्वजनिक बिदा दिने मतमा जनप्रतिनिधि समेत रहेको अवस्थामा पनि राज्यले वेवास्ता गरेको उनको आरोप छ। सार्वजनिक बिदा नसकिए राज्यले उचित सम्मान गर्नुपर्ने उनको भनाई छ।

“आजको जस्तो स्रोत साधन नभएको कठिन परिस्थितिमा नेपाल एकीकरण गर्ने महापुरुषको जन्मजयन्तीको पुरै वेवास्ता गर्ने रवैया राज्यले देखाएको छ। जबकी धेरैजसो नेतृत्वहरु सार्वजनिक विदा दिनु पर्ने यदि बिदा नदिने भएमा राज्यले उचित सम्मान गर्नुपर्ने भनेर आवाज उठाउँदै आएका छन्। यसले जनप्रतिनिधिको आवाजलाई बेवास्ता गरेको ठहरिन्‍न र?”, सामाजिक संजाल मार्फत उनले प्रश्न गरेका छन्।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद र इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्मदिनमा बिदा दिए जस्तै पृथ्वीनारायण शाहलाई मान्नेहरुको लागि विदा घोषणा गर्न उनले माग गरेका छन्।

“यदि न्यायलाई मान्‍ने हो भने जसरी पैगम्बरको जन्मदिन र कृसमस डे मा ती धर्म मान्‍नेलाई बिदा दिएका थियौ, त्यसरी नै पृथ्वीनारायणलाई मान्‍नेका लागि पनि बिदा घोषणा गरिदेऊ।”,उनले लेखेका छन्,”अन्याथा न जननिर्वाचितको सम्मान, न जनताको भावनाको सम्मान न त इतिहासलाई न्याय मिल्नेछ।”

यस्तै उनले सूर्यग्रहणको समयमा पनि सार्वजनिक बिदा नदिएर सरकारले गल्ति गरेको बताएका छन्। नराम्रो विकिरण पर्ने बेलामा करोडौं विद्यार्थीलाई विकिरणबाट दुषित खाना खान बाध्य पारेको उनको आरोप छ।

“नराम्रो विकिरण पर्ने बेलामा करोडौँ विद्यार्थीलाई विकिरणबाट दूषित भोजन गर्न बाध्य बनाएर स्वास्थ्यमाथि खेलवाड गर्न बाध्य बनाएको छ। सरकारले वैज्ञानिकले त्यस समयमा भोजन आदि गर्न नहुने भनेको कुरालाई बेवास्ता गरेर वैज्ञानिकलाई पनि चुनौती दिएको छ।”,उनले लेखेका छन्।

प्रकाशित : , ०, ००९:३८

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्ब नाघ्यो !