काठमाडौँ – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको गुटीय खिचातानीले प्रतिनिधिसभा पङ्गु बन्न पुगेको बताएका छन्।
आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएलगतै एक ट्वीट गर्दै भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको गुटीय खिचातानीले प्रतिनिधिसभा पङ्गु बन्न पुगेको टिप्पणी गरे।
विगतमा दलीय खिचातानी र सहमतिको राजनीतिका नाममा संसद बन्धक बन्दै आएको उल्लेख गर्दै उनले एउटै दलको स्पस्ट बहुमत हुँदाहुँदै पनि गुटीय खिचतानीका कारण प्रतिनिधिसभालाई पङ्गु र निष्काम बनाउने काम भएको पनि बताएका छन्।
“हिजो दलीय खिचातानिले संस–संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर, आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पङ्गु-निष्काम हुने र बैठक सरिरहने?”,उनले प्रश्न गरेका छन्।
यस्तै नेकपाको कारण जनप्रतिनिधि मुकदर्शक हुन बाध्य भएको पनि आरोप लगाएका छन्। यस्तो अवस्थालाई कसरी लोकतन्त्र र कम्युनिज्म भन्ने भनेर प्रश्न पनि गरेका छन्।
“जनप्रतिनिधि मुकदर्शक भैरहने?यही हो लोकतन्त्र?अझै कम्युनिज्म?धन्य कणहरू!”,थप प्रश्न गर्दै उनले लेखेका छन्।
बाबुरामको ट्वीट यस्तो छ –
हिजो दलीय खिचातानिले संस–संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर, आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पङ्गु-निष्काम हुने र बैठक सरिरहने? जनप्रतिनिधि मुकदर्शक भैरहने? यही हो लोकतन्त्र? अझै कम्युनिज्म? धन्य कणहरू।
हिजो दलीय खिचातानिले संस/संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो।तर आज नियमित संविधान र एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने?जनप्रतिनिधि मुकदर्शक भैरहने?यही हो लोकतन्त्र?अझै कम्युनिज्म?धन्य कणहरू!
— Baburam Bhattarai (@brb1954) January 12, 2020