सभामुख चयनको विषयले प्रतिनिधिसभा अन्योलमा, आज पनि स्थगित !

काठमाडौँ – आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। माघ ६ गते १ बजे बस्ने गरी सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।

सङ्घीय संसद् सचिवालयद्वारा आइतबार प्रकाशित लिखित सूचनामा पुस २७ गतेका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट(पार्टी) भित्रै कुरानमिलेपछि प्रतिनिधिसभाको बैठक बस्न नसकेको बुझिएको छ। प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्दै आएको छ। यधपी तुम्बाहाङफेले राजीनामा दिन नमानेको नेकपा उच्चा श्रोत बताउँछ।

नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा पनि कुनै निर्णय गरेको छैन । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

प्रकाशित : , ०, ००६:४३

भक्तपुरमा अन्धाधुन्ध खुर्पा चल्यो, रामबहादुरले छप्काए दुई प्रहरीसहित चारजना !