“राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने?” – ज्ञानेन्द्र[विज्ञप्ति सहित]

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धास्मरण गर्दै सबै नेपालीहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन्।

उनले राष्ट्र नायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु नहुने पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

“नेपाल राष्ट्रका जनक, नेपाल निर्माता तथा नेपाली एकताका प्रतिक श्री ५ बढामहाराजाधिराज पृष्वीनारायण शाहको २९८ औं जन्म जयन्ती तथा
राष्ट्रिय एकता दिवसको शुभ अवसरमा मौसूफप्रति श्रद्धास्मरण गर्दै हामी समस्त नेपाली दिदी बहिनी तथा दाज भाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौं ।”,ज्ञानेन्द्रद्वारा शुभकामना सन्देशमा भनिएको छ।

प्रकाशित : , ०, ०१३:१०

नयाँ बसपार्कको विकृति अन्त्य गरिने