एजेन्सी – इरानले आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले झारेको स्वीकारेको छ।
यस अगाडी इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले युक्रेनी विमानलाई झारेको भन्ने आरोपको इरानले खण्डन गर्दै आएको थियो। तर, इरानले ‘गल्तीवस’ युक्रेनी विमान माथि प्रहार भएको स्वीकारेको छ।
शुक्रबार सम्म आरोपको खण्डन गर्दै आएको भएता पनि शनिबार विहानै इरानको सेनाले मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुगेको बताएको हो।
शनिबार विहान इरानी सेनाको वक्तव्य इरानी सरकारी टेलिभिजनमा प्रशारण गरिएको थियो। जसमा मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खेसको उल्लेख गरिएको थियो।
यूक्रेनी विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएको थियो भने विमानमा यात्रा गरिरहेका १७६ जनाको घटनास्थलमा नैे ज्यान गएको थियो । इराकमा रहेको अमेरिकी सैनिक शिविरहरूलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो ।
अमेरिका, बेलायत र क्यानाडाली अधिकारीहरूले युक्रेनी विमानलाई इरानले हानेको क्षेप्यास्त्रले खसालेको आरोप लगाउँदा तेहरानले विमान दुर्घटना हुनुको कारण प्राविधिक समस्या उल्लेख गरेको थियो।