पेलेलाई पछि पार्दै मेस्सी, यस्तो छ हिसाब-किताब !

एजेन्सी – विगत १० वर्ष भन्दा बढी समय देखि फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी हुन्, मेस्सी। अर्जेन्टिनाका फरवार्ड मेस्सीले बार्सिलोनामा रहेर कुल ६ ब्यालोन डी’ओर उपाधि आफ्नो नाम गराइसके।

फुटबल करीअरको सुरुवातदेखि नै मेस्सी बार्सिलोनामा आवद्ध छन्। निरन्तर उच्च प्रदर्शन गर्दै मेस्सीले बार्सिलोनाबाट ३२ उपाधि जितिसकेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले खासै ठूला उपलब्धि हाँसिल गर्न नसकेपनि क्लब फुटबलमा भने मेस्सीले कयौं उपलब्धि हाँसिल गरेका छन्।

बार्सिलोनाबाट खेल्दै उनले कयौं किर्तिमान पनि बनाएका छन्। उनीसँग अझै केहि वर्ष रहेको हुँदा मेस्सीले अन्य किर्तिमान पनि बनाउने धेरैको अनुमान छ।

सन् २०२०मा मेस्सीले विश्व फुटबलका सर्वकालीन महान खेलाडीको रुपमा रहेका पेलेको किर्तिमान तोड्न सक्ने सम्भावना छ। हरेक हप्ता उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सीले एकै टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा रहेका पेलेलाई पछि पार्न सक्छन्।

पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि खेल्दै कुल ६ सय ४३ गोल गरेका थिए । मेस्सी पेलेको गोल सङ्ख्या भन्दा मात्रै २५ गोल पछाडी छन्।

यस्तो छ मेस्सीको गोल अनुपात !

सन् २०१९ मा मेस्सीले घाइते भएर केहि खेल गुमाउनुपर्यो। ठिक भएर फर्किएपछि मेस्सीलाई फर्ममा फर्किन खासै समय लागेन। ला-लिगा २०१९-२० सिजनमा मेस्सीको गोल अनुपात धेरै राम्रो छ।

बार्सिलोनाको लागि मेस्सीले २० खेलमा कुल १६ गोल गरिसके। गोल अनुपातको हिसाब गर्दा मेस्सीले ०।८ प्रतिशत गोल गर्दै आएका छन्। जस अनुसार पेलेको रेकर्ड तोड्न ३२ खेल लाग्न सक्छ।

खेल संख्या

जारी ला-लिगाको सिजनमा बार्सिलोनाले १९ खेल खेल्न बाँकि छ। यस्तै कोपा डेल’रेको ६ खेल र च्याम्पियन्स लिगका लागि केहि खेल छन्। च्याम्पियन्स लिगको फाइनल सम्म नै पुग्न सके बार्सिलोनाका लागि मेस्सीले खेल्ने खेल सङ्ख्या अझ बढी हुन सक्छ।

यस्तै ला-लिगा २०२०-२१ सिजनको लागि पनि मेस्सीले सन् २०२० मै कयौं खेल खेल्नेछन्। यसरी मेस्सीसँग सन् २०२० मा कयौं खेल बाँकि छन्। जसमा उनले पेलेको रेकर्ड तोड्न कम्तिमा पनि २५ भन्दा बढी गोल गर्न सक्छन्।

प्रकाशित : , ०, ०११:१६

मेस्सी भर्सेस रोनाल्डो २.O: मेस्सी र रोनाल्डो २.O बीच लफडा ! [भिडियो सहित]