जाँडमा पुराना चप्पल र जुत्ता, सचेत हुन आग्रह !

बागलुङ – जिल्ला प्रहरी कार्यालयले अवैध घरेलुम’दिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ ।

बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ ।

जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनले उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गरे ।

स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले म’दिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो । ‘समुदाय–प्रहरी’ साझेदारी कार्यक्रम शुरु भएपछि सामाजिक विकृति न्यूनीकरणमा सहजता थपिएको छ ।

बागलुङमा निवारण भएन हात्तीपाइले

नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन ।

सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण जिल्लामा ११ औँ पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागका डा प्रकाश शाहले जानकारी दिए।

हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि हात्तीपाइले रोग निवारणका लागि बागलुङ जिल्लामा ११ औँ पटक अभियान सञ्चालन गरिने भएको हो ।

“विश्व स्वास्थ्य सङ्गठनले हरेक जिल्लामा हात्तीपाइलेको जीवाणु एक प्रतिशत कम हुनुपर्ने औँल्याएको छ”, शाहले भने, “बागलुङमा एक प्रतिशतभन्दा कम ल्याउन अभियान चलाए पनि पूरा नभएपछि बागलुङमा फेरि अभियान सञ्चालन गरिएको हो ।”

एक प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा ११ औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको शाहको भनाइ रहेको छ ।

प्रकाशित : , ०, ००७:३९

फाइब स्टार होटलमा छापा: अभिनेत्री र मोडल पक्राउ!