धुलिखेलबाट गएको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गयो !

बनेपा – नमोबुद्ध नगरपालिका–२ बिपी राजमार्गअन्तर्गत सेल्फिडाँडास्थित आज ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको बा२क ५ नम्बरको मिनी आइचर टिफर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिफरमा सवार दुवै जनाको घटनास्थलमा नै ज्यान गएको हो ।

मुत्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन् ।

खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : , ०, ०१३:५९

नेपालीको सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाऊः राप्रपा