“विधेयक नपढी आयो भनेर हेप्नी ?, प्रधानमन्त्री पनि लुते निक्लिए” – गगन थापा

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयक माथि सडक देखि सदन सम्म छलफल गर्न तयार भएको बताएका छन्।

बिहिबार विधेयकको विरोधमा नेविसंघले माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सूचना प्रविधि विधेयक बारे सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न तयार रहेको बताएका हुन्।

विधेयक नपढी बोलेको प्रतिक्रिया दिएको भन्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएको उल्लेख गर्दै थापाले शब्द-शब्दमा छलफल गर्न चुनौती दिए।

“विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने?यो विधेयकको धारा-धारामा, दफा-दफामा छलफल गर्न तयार छु।”,चुनौती दिँदै थापाले भने,”माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो। प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो? तयार छु। नपढी आयो भनेर हेप्नी?”

सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रता कुण्ठित गर्ने भन्दै थापाले जसरी पनि विधेयक रोक्ने थापाले बताए। विधेयक रोक्नका लागि युवा, विद्यार्थी, विपक्षी दलका सदस्यहरु सम्पूर्ण सडकमा आउनपर्ने उनको आह्वान छ।

यस्तै उनले प्रधानमन्त्री कम्जोर भएकै कारण विधेयक आएको आरोप लगाए। काम गरेर जवाफ दिन नसक्ने भएपछि सामाजिक सञ्जालमा आएको गाली नियन्त्रण गर्न विधेयक ल्याइएको उनको आरोप छ।

“प्रधानमन्त्री लुते भएर यो विधेयक आएको छ, काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको गालीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो।”,उनले भने।

प्रकाशित : , ०, ०१०:०९

ह्वातै घट्यो प्याजको भाउ, चिनियाँ प्याज झनै सस्तो ! [मूल्य सहित]