अमेरिकाले इराकको बग्दादमा इरानका सैन्य कमान्डर कासिम सुलेमानीको ‘ह’त्या’ गरेपछि अमेरिका र इरानबीच युद्धस्तरको तनाव बढिरहेको छ। यसैबीच इरानको तेहरानमा १८० यात्रु बोकेको युक्रेनी विमान दुर्घ’टनामा परेको भिडियो सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभका लागि उडान भरेको केही मिनेटमै बुधबार बिहान बोइङ ७३७ विमान दुर्घट’नाग्रस्त भएको हो ।
दुर्घ’टना इरान-अमेरिका तनावसँग जाेडिएकाे छ या छैन भन्ने केही जानकारी आएको छैन। अहिले इरान र अमेरिकाबीच युद्धको स्थिति भएकोले विमान खसालियो या प्राविधिक समस्याका कारण दुर्घ’टना भयो भन्ने बारे हालसम्म जानकारी आएको छैन।
विमान दुर्घ’टना हुनु भन्दा केही समय अघि अमेरिकी आक्रमणमा आफ्नो सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले त्यसको बदलास्वरुप इराकमा रहेको अमेरिकी सैन्य अखडामा स्थानीय समयअनसार बुधबार बिहान रकेट प्रहार गरेकोथियो । अमेरिकी रक्षा मन्त्रालयलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार इरानले दुई वटा अमेरिकी सैन्य अखडामा दर्जन बढी रकेट प्रहार गरेको छ।
ब्यालेस्टिक मिसाइल प्रहारपछि उत्पन्न भएको तनावकै बीच विमान दुर्घ’टना भएको हो।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस