संगीताले कुस्तीमा नेपाललाई दिलाइन् पहिलो स्वर्ण : भावुक हुँदा रोकिएनन् आँसु ! [तस्विर सहित]

काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) कुस्तीमा नेपाललाई पहिलो स्वर्ण मिलेको छ। ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्।

जनकपुरस्थित हबर्ड हलमा संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्दै स्वर्ण हात पारिन्।

सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो ।

दर्शकको उल्लेख्य उपस्थिति रहेको हबर्ड हल स्वर्ण जित्दा संगीता मात्र भावुक भईनन्, दर्शाकलाई पनि भावुक बनाइन्।

प्रकाशित : , ०, ०१०:४८

शहीद स्मारक लिगमा सन्तोषको १०० गोल