महिला फुटबलमा भारत विरुद्ध नेपाल : ‘लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो’ भन्दै नारा !

काठमाडौँ – ११३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग भिड्दै गर्दा पोखरास्थित फुटबल मैदानमा ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो ‘को नारा लागेको छ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेल हेर्न पुगेका दर्शकले ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’को नारा लगाएका हुन्।

पोखरेली दर्शकको बाक्लो उपस्थिति रहेको पोखरास्थित फुटबल मैदानमा बल भारतीय गोल पोस्ट नजिक पुग्ने बितिकै ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’ भन्दै नेपालको समर्थनमा दर्शकले नारा लगाएका छन्।

लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ।

भारतले पनि फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा भैरहेको छ ।

यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्रकाशित : , ०, ०१०:३१

संगीताले कुस्तीमा नेपाललाई दिलाइन् पहिलो स्वर्ण : भावुक हुँदा रोकिएनन् आँसु ! [तस्विर सहित]