नेपालको शानदार सुरुवात, २ ओभरमै लियो २ विकेट

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आज तेश्रो तथा अन्तिम खेल खेल्दैछ।

समूह ‘बी’ अन्तर्गत मङ्गलबार नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। सारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले सुरुवाती दुई ओभरमा २ विकेट गुमाएको छ। कप्तान हेमन्त धामीले बलिङ ओपनिङ गर्दै पहिलो ओभरको तेश्रो बलमै मेहबुब टास्किनलाई ३ बल डकआउट गरे। त्यसपछि दोश्रो ओभरमा बलिङमा आएका अभिषेक तिवारीले उजाईरुल्लाह नियाजाईलाई ४ बलमा डकआउट गरे।

नेपाल पहिलो खेलमा श्रीलङ्कसँग ५५ रनले पराजित भएको थियो । नेपालले समूहको दोश्रो खेल आइतबार बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । लगातार दुई हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ ।

प्रकाशित : , ०, ०११:०१