के जनकपुरले लगातार दोस्रो जित निकाल्न सक्ला त ? 

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्सले जनकपूर बोल्ट्सलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रन बनायो।

स्टार खेलाडी शिखर धवन, च्याडविक वाल्टन, बाबर हायात ,  जिशन मक्सूद नचले पनि अन्तिम नेपाली खेलाडीले शानदार फिनिशिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाए।

कर्णाली याक्सका ओपनर देव खनाल १ रनमा ललित राजवंशीबाट बोल्ड हुँदा अर्का ओपनर शिखर धवन १४ बलमा १४ रन बनाएर हर्ष ठाकरबाट बोल्ड भए। धवनले १४ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाएका हुन्।

च्याडविक वाल्टनले १२ बलमा ८ रन, बाबर हायातले २५ बलमा १२ रन र जिशन मक्सूद २ बलमा शुन्य रनमा एलबिडब्ल्यु आउट भए।

पावरहिटर गुलशन झाले ३ छक्का र १ चौका प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए। २२ बलमा ३३ रन बनाएका अर्जुन मिलान्थाबाट रन आउट भए। कप्तान सोमपाल कामीले १३ बलमा ३ चौका र १ छक्का हान्दै २९ रन बनाए।

एक समय कर्णाली याक्स १५ . २ औँ ओभरमा ६ विकेटको क्षतिमा ७९ रनको दयनीय अवस्थामा थियो।

त्यसपछि कप्तान सोमपाल कामी र अर्जुन बिटालुले अर्धशतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे। अर्जुन बिटालुले हर्ष ठाकरको अन्तिम तथा पहिलो इनिङको १९ औँ ओभरमा २२ रन हान्दै कर्णालीलाई खेलमा फर्काएका थिए। त्यसपछि सोमपाल कामीले २० औँ ओभरमा जिम्मी निशमलाई २१ रन हाने।

के जनकपुरले लगातार दोस्रो जित निकाल्न सक्ला त ?

प्रकाशित : , ०, ०१४:५०

बिराटनगर किङ्ग्सको लगातार दोश्रो हार, गप्टिल गोल्डेन डकआउट