यु–१९ एसिया कप : शुक्रबार नेपालले श्रीलङ्कासँग भिड्दै

काठमाडौँ : – संयुक्त अरब इमिरेट्स (युएई) मा  मङ्सिर १४ गतेबाट सुरु हुने एसिसी यु–१९ एसिया कपमा नेपालले श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपालको खेल मङ्सिर १४ गते शुक्रबार बिहान नेपाली समय अनुसार १० : ४५ बजेबाट सुरु हुनेछ। खेल शारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ।

एसिया कपको लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय खेलाडी टोली युएई पुगिसकेको छ। टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन्। अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार छन्। टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द रहेका छन् ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेको छ । नेपालले दोश्रो खेलमा मङ्सिर १६ गते बङ्गलादेशको सामना गर्नेछ। र तेश्रो खेलमा अफगानिस्तानसँग मङ्सिर १८ गते भिड्नेछ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ ।

प्रकाशित : , ०, ०१३:५१

न्युजिल्याण्डका लेजेण्डरी क्रिकेटर मार्टिन गप्टिल आइपुगे नेपाल