यस कुराले एनपिएलमा आकर्षित गरायो शिखर धवनलाई, भारतीय मिडियामा गरे खुलासा

काठमाडौँ : – भारतीय क्रिकेट टिमका पूर्व ओपनर शिखर धवनले नेपाल प्रिमियर लिगको पहिलो सिजनमा सहभागी हुने उत्साह व्यक्त गरेका छन्। यो टी-२० लिग शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ। विश्वभरका चर्चित खेलाडीहरूले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्, जसको फाइनल खेल डिसेम्बर २१ मा हुनेछ। लिगका सबै खेलहरू त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना गरिनेछ।

धवनको सहभागिताले नेपालमा ठूलो चर्चा बटुलिरहेको छ। बाँयाहाते ब्याट्सम्यान धवनले आफूलाई यो लिगतर्फ आकर्षित गरेको कारण पनि खुलासा गरेका छन्।

“नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सहभागी हुन पाउँदा म निकै उत्साहित छु र कर्णाली याक्सबाट खेल्ने अवसर पाएको छु। नेपालमा खेलप्रतिको जुन उत्साह र जोश देखिन्छ, यस लिगले देशमा क्रिकेटको विकासमा थप मद्दत गर्नेछ,” ३८ वर्षीय धवनले फ्यानकोडसँग भने। फ्यानकोड नेपाल प्रिमियर लिगको भारतका लागि आधिकारिक प्रसारक हो।

“विश्वभरका नाम चलेका खेलाडीहरू नेपाल आउँदा युवा खेलाडीहरूले उनीहरूको अनुभवबाट धेरै कुरा सिक्नेछन्। पहिलो खेलको लागि निकै उत्साहित छु।” बाँयाहाते ब्याट्सम्यान धवनले भने। उनले भारतका लागि अन्तिमपटक जुलाई २०२१ मा श्रीलंकाविरुद्धको टी-२०आई खेल खेलेका थिए।

प्रतियोगितामा सहभागी हुने अन्य विदेशी नाम चलेका खेलाडीहरूमा बेन कटिङ, उन्मुक्त चन्द, रवी बोपारा, चाडविक वाल्टन, र मर्चेन्ट डे लाङ्गे जस्ता नामहरू पनि समावेश छन्।

प्रकाशित : , ०, ०२२:२४

विराटनगर किङ्ग्सलाई खुशीको खबर : एनपीएल जिते ३० लाख दिने