एनपिएलको ‘प्लेयर अफ द टुर्नामेन्ट’ ले ब्राण्ड न्यु कार पाउने

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो संस्करणको ‘प्लेयर अफ द टुर्नामेन्ट’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने भएको छ।

नेपाल क्रिकेट सङ्घ(क्यान) ले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गर्दै सह-प्रायोजकको रूपमा ओमोडा एन्ड जेइकोसॅंग साझेदारी गरेको छ।

यहीँ मङ्सिर १५ गते शनिबारबाट सुरु हुने एनपिएल पुस ६ गतेसम्म सञ्चालन हुनेछ। एनपिएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच भिडन्त हुनेछ ।

प्रकाशित : , ०, ०१६:३२

नेपालमा यसरी हेर्न सक्नुहुन्छ एनपीएलका खेलहरु, सित्तैमा लिन सक्नुहुन्छ खेलको मज्जा