भारतीय फास्ट बलरको अगाडी घुँडा टेक्यो अस्ट्रेलियाले, पहिलो दिन नै गुमायो ७ विकेट

एजेन्सी : सोमबार मङ्सिर ७ गतेबाट भारत र अस्ट्रेलियाबीच बोर्डर – गवास्कर ट्रफी ( बिजिटी) सुरु भएको छ। ५ टेस्ट सिरिजको बिजिटीको पहिलो खेलमा भारतका कप्तान जस्प्रित बुमराहले टस जितेर ब्याटिङ गर्ने निर्णय लिए।

सुरुमा ब्याटिङ गरेको भारतले ४९ . ४ ओभरमा अल आउट हुँदै जम्मा १५० रन मात्र बनायो। भारतको लागि डेब्युटेन्ट नितिश कुमार रेड्डीले सर्वाधिक ४१ रन जोडे। उनले ५९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। विकेटकिपर ऋषभ पन्तले ३७ रन, केएल राहुलले २६ रन र ध्रुव जुरेलले ११ रन बनाए। यी बाहेक कुनै पनि ब्याट्समेनले दोहोरो अङ्कको रन बनाउन सकेनन्। ओपनर यशवी जैसवाल ८ बल डक भए, देवदत्त पडिक्कल २६ बल डक, विराट कोहली ५ रन, वाशिङ्गन सुन्दर ४ रन, हर्षित रानाले ४ रन र कप्तान बुमराहले ८ रन बनाए।

अस्ट्रेलियाको लागि बलिङमा जोश हेजलवुडले ४ विकेट लिए। उनले १३ ओभरमा ५ मेडनसहित २९ रन खर्चिए। मिचेल स्टार्क, प्याट कमिन्स र मिच मार्शले समान २ २ विकेट लिए भने नेथन ल्योन विकेटविहिन भए।

१५० रन पच्छ्याउँदै ब्याटिङमा उत्रिएको अस्ट्रेलियाका ब्याट्समेनले २७ ओभरमा ६७ रन बनाएका छन् भने ७ विकेट गुमाईसकेको छ। अस्ट्रेलियाका ब्याट्समेनले भारतीय बलरको अगाडी घुँडा टेकेका छन्। कप्तान जस्प्रित बुमराहले शानदार सुरुवात गरेर पहिलो टेस्ट खेलको पहिलो दिनमा ४ विकेट लिईसकेका छन्। मोहम्मद सिराजले २ विकेट हात पारेका छन्। यससँगै हर्षित रानाले टेस्टको पहिलो विकेटको रुपमा ठूलो माछा ट्राभिस हेडलाई बोल्ड गरेका छन्।

अस्ट्रेलियाका कुनै पनि ब्याट्समेन भारतीय बलरको अगाडी खुलेर खेल्न सकिरहेका छैनन्। ओपनर उस्मान खवाजा बुमराहको बलमा ८ रन बनाएर विराट कोहलीबाट समातिए भने अर्का ओपनर नेथन म्याकस्वीनी १० रनमा बुमराहको बलमा एलबिडब्ल्युको धरापमा परे। मार्नस लाबुशेन ५२ बलमा २ रन बनाएर सिराजको बलमा  एलबिडब्ल्यु आउट भए। स्टिभ स्मित गोल्डेन डक आउट भए। मिचेल मार्शले ६ रन र  कप्तान प्याट कमिन्सले ३ रन बनाएका छन्।

प्रकाशित : , ०, ०१६:२४

कोहलीको भन्दा मल्ल र भुर्तेलको ब्याटिङ औषत राम्रो