कप्तान पूजाको शतकमा नेपालले कुवेतलाई दियो विशाल लक्ष्य

काठमाडौँ : आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा मङ्गलबार नेपालले कुवेतलाई २ सय १४ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेको छ।

युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १३ रनको विशाल योगफल बनाएको हो।

नेपालको कप्तान पूजा महतोले ६९ बलमा अविजित रहँदै १३० रन बनाईन्। उनले १७ चौकाको सहायतामा १३० रन बनाइन्। यो सँगै नेपाली महिला टिमका लागि एकै खेलमा सर्वाधिक स्कोरको रेकर्ड समेत पूजाले आफ्नो नाममा लेखाएकी छिन्। यसअघि नेपाली महिला टिमबाट सर्वाधिक स्कोरको कीर्तिमान रुबिना क्षेत्रीको नाममा थियो।

नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा पूजाको शतक दोश्रो हो। मलेसियामा भएको एसीसी महिला प्रिमियर कपमा नेपालका लागि माल्दिभ्सविरुद्धको खेलमा रुबिनाले पहिलो शतक प्रहार गरेकी थिईन्। रुबिनाले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै नटआउट ११८ रन बनाएकी थिईन्।

यससँगै उपकप्तान सोनी पाख्रिनले ३३ बलमा ४३ रन बनाईन्। सावित्री धामीले ११ र साना प्रविनले ६ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।

प्रकाशित : , ०, ०१३:२०

फाइनलमा यूएईलाई हराउँदै महिला टोली पहिलोपटक विश्वकपमा छनोट