यी हुन् एनपिएलमा अनुबन्धित भएका ८ विदेशी खेलाडी

काठमाडौँ : विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता उत्कर्षमा छ ।

भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियामा बिग बैस, वेस्ट इन्डिजमा क्यारेबियन लिग, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा प्रिमियर लिग फ्रेन्चाई क्रिकेट लिगका केही उदाहरण हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि यसपालि सोही प्रकृतिको फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना गर्दै छ ।

फ्रेन्चाई क्रिकेट लिगको एउटा प्रमुख विशेषता क्रिकेटर बोलकबोल (अक्सन) बाट आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले खेलाडी अक्सनबाट राष्ट्रिय तथा स्थानीय खेलाडीहरूलाई आआफ्नो टिममा भित्र्याईसकेका छन् ।

अब नेपालमा क्रिकेट पूर्णरूपमा व्यावसायिकीकरण हुँदै छ भन्ने एनपिएलको खेलाडी किनबेच (अक्सन) ले सङ्केत गरेको छ ।

अब यी टिमहरूले चार विदेशी खेलाडीका साथै एक थप खेलाडी प्रतिभा खोजमार्फत आआफ्नो टिममा भित्र्याउन पर्ने प्रावधान रहेको छ।

यहीँ प्रावधान अनुसार अहिले हरेक फ्रेञ्चाइज टोलीहरु विदेशी खेलाडी भित्राउने होडबाजीमा छन्।

यी हुन् हालसम्म एनपिएलमा अनुबन्धित भएका विदेशी खेलाडीहरु :

कर्णाली याक्स : हुसैन तलत(Hussain Talat) (पाकिस्तान)

सूदुरपश्चिम रोयल्स : ब्रान्डन मक्मलेन(Brandon McMullen)(स्कटल्याण्ड)

विराटनगर किङ्स  : अकिब इल्यास (Aqib Ilyas) (ओमान)

काठमाडौं गुर्खाज : माइकल लेभिट (Michael Levitt) (नेदरल्यान्ड्स)

लुम्बिनी लायन्स : टम मोरिस (Tom Moores) (इंग्ल्याण्ड)

पोखरा एभेन्जर्स : आन्द्रिएस हाउस (Andries Gous) (अमेरिका), एन्डरसन फिलिप (Anderson Phillip) (वेस्ट इन्डिज), बास डे लिडे (Bas de Leede ) (नेदरल्यान्ड्स)

प्रकाशित : , ०, ०१२:२४