अन्तत : चम्किए कुशल, भुर्तेलको ९२ रनमा अमेरिकालाई १७१ रनको लक्ष्य

काठमाडौँ : टी–२० सिरिजको दोश्रो खेलमा नेपालले जितका लागि अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाए। उनले ५४ बलमा ७ चौका र ६ छक्काको सहायतामा ९२ रन जोडे।

यस्तै ओपनरद्वय अनिल शाहले २५, कप्तान रोहित कुमार पौलेलले १८ तथा गुलशन झाले १९ र करण केसीले ६ रन बनाए।

बलिङमा अमेरिकाका नोस्तुश केन्जिकेर जस्दीप सिंहले समान २ – २ विकेट लिए। यससँगै सौरभ नेत्राभाल्करले १ विकेट झारे।

तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन खेलको टी–२० क्रिकेट खेलेको हो । टी–२० सिरिजको तेस्रो खेल सोमबार हुनेछ ।

टी–२० सिरिजपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।

प्रकाशित : , ०, ००७:३४

नेपाललाई पहिलो सफलता, अमेरिकाका कप्तान बोल्ड आउट