अस्ट्रेलियाको नयाँ रेकर्ड, एउटै इनिङ्समा ५ नोबल बल

काठमाडौं : पहिलो पटक महिला अन्तर्राष्ट्रिय टी–२० खेलमा एउटै इनिङ्समा पाँच नोबल बल भएको छ।

शनिबार आइसीसी महिला टि-२० वर्ल्डकपको श्रीलंकाविरुद्दको खेलमा अस्ट्रेलियाले ५ नोबल बल गरेको हो।

युएईस्थित शारजाह क्रिकेट स्टेडियममा भईरहेको महिला अन्तर्राष्ट्रिय टी–२० को पाँचौं खेलमा अस्ट्रेलियाका फास्टबलर डार्सी ब्राउनले एकै ओभरमा तीन नोबल बल गरिन्। यससँगै अर्का फास्ट बलर मेगन शटले एकै ओभरमा दुई नोबल बल गरिन्।

टस जितेर ब्याटङ रोजेको श्रीलंकाले यतिबेला ७ ओभरमा ३ विकेट गुमाएर २७ रन बनाएको छ।

यो आइसीसी महिला टि-२० वर्ल्डकपको ९ औँ संस्करणमा अस्ट्रेलियाको पहिलो खेल हो भने श्रीलंकाको दोश्रो खेल हो।

गत बिहिबारबाट सुरु भएको वर्ल्डकपको दोश्रो तथा समूह ‘ए’ को पहिलो खेलमा श्रीलंका पाकिस्तानसँग ३१ रनले पराजित भएको थियो। समूह ‘ए’ मा न्युजिल्याण्ड, पाकिस्तान, भारत, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बङ्गलादेश र इङ्गल्याण्ड रहेका छन्।

प्रकाशित : , ०, ०१६:३८

भारतको दयनीय अवस्था : ४६ रनमा अलआउट, ५ ब्याटर डक आउट