१६६ दिनपछि नेपालले जित्यो अन्तर्राष्ट्रिय खेल, गुल्शन झा बने हिरो

काठमाडौँ : नेपाल ,  क्यानडा र ओमन सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको दोश्रो खेलमा नेपालले ओमनलाई ३७ रनले पराजित गरेको छ।

आइतबार राति क्यानडाको किङ्ग सिटी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा निर्धारित २० ओभरमा १७६ रन बनाएको थियो।

१७७ रनको चुनौतीपूर्ण लक्ष्य पच्छ्याएको ओमनले १९ . १ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।

नेपालको विजयमा अलराउण्डर गुलशन झा हिरो साबित भए। उनले ब्याटिङ ३ छक्का र ३ चौकाको सहायतामा ४० रनको शानदार अविजित पारी खेले। र बलिङमा २ . १ ओभरमा १४ रन खर्चिंदै २ विकेट लिए।

नेपालको लागि सन्दीप लामिछाने, रिजन ढकाल र दिपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए। यससँगै करण केसीले ४ ओभरमा ३६ रन खर्चिएर ३ विकेट आफ्नो पोल्टामा पारे।

नेपालले पछिल्लो पटक सन् २०२४ अप्रिल १७ तारिखमा एसिसी टि२० प्रिमियर कपको समूह चरणको खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो। त्यसपछि भएका कुनै पनि अन्तर्राष्ट्रिय खेलमा नेपालले जित दर्ता गर्न सकेको थिएन्।

आइसिसी विश्वकप लिग–२ सिरिजका लागि क्यानडामा रहेको नेपालले सिरिज सकिएसँगै टी–२० सिरिज खेलेको हो । टी–२० को पहिलो खेलमा शनिबार राति नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । जितका लागि क्यानडाले दिएको एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय नौ रनमा अलआउट भएको थियो । क्यानडासँग खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको हो ।

यसअघि क्यानडा र ओमान सम्मिलित आइसिसी लिग–२ मा तीन खेल गुमाएको नेपालले ओमानसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि एक अङ्क पाएको थियो । नेपाल यस सिरिजको नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो ।

नेपाल तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । अन्तर्राष्ट्रिय टी–२० मा नेपाल र ओमानबिच हालसम्म ६ खेल भएको छ । जसमा दुवै टोलीले तीन जित र तीन हारको नतिजा निकालेका छन् ।

प्रकाशित : , ०, ००१:२२

क्यानडालाई १४० रनको लक्ष्य, के नेपालले लक्ष्य डिफेन्ड गर्न सक्ला त ?