नेपालले ओमनलाई दियो २२१ रनको लक्ष्य , नेपालले डिफेन्ड गर्ला त ?

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ को ओमनविरुद्दको खेलमा नेपालले २२१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

क्यानडाको किङ्ग सिटीस्थित मेपल लिफ क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कमजोर सुरुवात गरेपनि अन्त्यतिर गुलशन झाको विस्फोटक ब्याटिङको कारण नेपाल सम्मानजनक स्कोरसम्म पुगेको हो।

कुनैबेला नेपाल १४ औँ ओभरमा ३ विकेट गुमाएर ३१ रनको नाजुक अवस्थामा थियो। मध्यमक्रमका ब्याट्समेन कप्तान रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ सम्हाले।

८८ बलमा ३५ रन बनाउँदै आरिफ शेखले महत्वपूर्ण पारी खेले। कप्तान रोहित पौडेलले सर्वाधिक ६० रनको योगदान दिए।  यससँगै अलराउण्डर गुलशन झाले ३१ बलमा अर्धशतक प्रहार गर्दै विस्फोटक ब्याटिङ गरे। उनले ३ चौका र ५ छक्काको सहायतामा ३५ बलमा ५३ रन जोडे।

नेपालले ओपनर अर्जुन साउद र आशिफ शेखलाई सस्तैमा क्रमश :  ५ रन र ११ रनमै गुमाएको थियो। यद्यपि तल्लो क्रमका ब्याट्समेन सोमपालले २ छक्काको सहारामा २० रनको महत्वपूर्ण योगदान दिए।

ओमनको लागि कलिमुल्लाह, फैयाज बट र आकिब इलियासले समान २ / २ विकेट आफ्नो पोल्टामा पारे। यससँगै शकील अहमद र शोयब खानले समान १ – १ विकेट लिए।

प्रकाशित : , ०, ०००:४६

क्रिकेटका हस्ती क्रिस गेल र शाहिद अफ्रिदीलाई समेत पछि पार्दै गुलसनले बनाए वर्ल्ड रेकर्ड