आज नेपाल र ओमन भिड्दै, कसले मार्ला त बाजी ?

काठमाडौँ : – आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार आज राति ओमनसँग प्रतिस्पिर्धा गर्दैछ ।

क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । २४ तारिखसम्म सञ्चालन हुने एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा नेपाल र ओमनको भेट ७ पटक भएको छ, जसमा ४ खेल ओमनले जितेको छ भने ३ खेलमा नेपालले जित हासिल गरेको छ।

नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु मैदान र क्यानडामा गरी हालसम्म जम्मा ५ खेल खेलेको छ। ५ खेलमा नेपालले अहिलेसम्म १ खेलमा मात्र जित दर्ता गर्न सफल भएको छ।

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो। पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो ।

नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा सोमबार घरेलु टोली क्यानडासँग १०३ रनको फराकिलो हार ब्होरेको थियो। नेपाल ५ खेलमा १ जितसँगै २ अङ्कसहित आइसिसी विश्वकप लिग–२ को टेबलमा सातौँ स्थानमा छ।

प्रकाशित : , ०, ०१३:१८

नेपालले ओमनलाई दियो २२१ रनको लक्ष्य , नेपालले डिफेन्ड गर्ला त ?