३८३ दिनपछि सन्दीपलाई ओडिआई विकेट, नेपाललाई दोश्रो सफलता

काठमाडौँ : सन्दीप लामिछानेले ३८३ दिनपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेका छन्। उनले सोमबार राति आइसीसी विश्वकप लिग २ को क्यानडाविरुद्दको खेलबाट पुनरागमन गरेका गरेका हुन्। उनले आफ्नो पुनरागमन खेलमा विकेट हात पारेका छन्।

उनले क्यानेडेली ब्याट्समेन पर्गत सिंहलाई एलबिडब्ल्युको धरापमा पारेका हुन्।

उनले पछिल्लो खेल एसिया कपमा भारत विरुद्द सन् २०२३ सेप्टेम्बर ४ तारिखमा खेलेका थिए। त्यतिबेला उनले कुनै विकट हात पार्न सकेनन्। त्यसअघिको पाकिस्तानविरुद्दको खेलमा उनले एक विकेट हात पारेका थिए।

३५ बलमा १७ रन बनाएर खेलिरहेको पर्गत सिंह आउट भएपछि नेपाललाई दोश्रो सफलता मिलेको छ। यसअघि ललित राजवंशीले आरोन जोन्सनलाई कट एण्ड बोल्ड गरेका छन्। आरोन १६ बलमा १० रन बनाएर आउट भए।

यतिबेला क्यानडा २५ ओभरमा २ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ। यतिबेला क्रिजमा हर्ष ठाकर १० रन र नवनीत धलिवाल ३६ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित : , ०, ०२२:४३

नेपाललाई तेश्रो सफलता, गुलशन झाले लिए विकेट