कसरी हेर्ने आज नेपाल र क्यानडाबीचको खेलको लाइभ ?

काठमाडौँ : – आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार आज राति ८ : ४५ बजेबाट क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

क्यानडाको किङ्ग सिटीस्थित मेपल लिफ क्रिकेट स्टेडियम(Maple Leaf Cricket Ground)मा नेपाली समय अनुसार साँझ ८ :४५ बजे खेल सुरु हुनेछ।

नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले आज सोमबार भदौ ३१ गते क्यानडासँग खेल्नेछ। त्यसपछि लिग–२ तालिका अनुसार नेपालले असोज २ गते ओमान, असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग खेल्नेछ।

नेपाल र क्यानडाबीच ओडिआईमा हालसम्म तीनपटक भेट भएको थियो र ती तीनै खेल नेपालले जितेको थियो।

नेपालले आजबाट क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

विश्वकप लिग–२ को पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको थियो । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

नेपालले अहिले आइसीसी विश्वकप लिग–२ को टेबलमा ४ खेलमा एकमा जितसँगै २ अङ्कसहित पुछारमा ७ औँ स्थानमा छ।

नेपालमा आइसीसी विश्वकप लिग–२ का खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्दैछ। कान्तिपुरका माेबाइल एप र वेबसाइट दुवै माध्यमबाट खेलको प्रत्यक्ष प्रसारण हुनेछ।

टेलिभिजनमा कान्तिपुर म्याक्स र कान्तिपुर टिभी एचडीमा यसको लाइभ हेर्न सकिनेछ । यसका साथै कान्तिपुरको डिजिटल प्ल्याटफर्म कान्तिपुर म्याक्स एचडी  युट्युब च्यानलममा पनि लाइभ हेर्न सकिनेछ।

नेपाली टोली : 

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।

प्रकाशित : , ०, ०१७:१५

नेपालले टस जित्यो, को – को परे प्लेइङ ११ मा ?