रवि लामिछानेसहित ३ जनाविरुद्ध काठमाडौँमा किटानी जाहेरी …

फाइल तस्बिर

काठमाडौँ : पत्रकार शालिकराम पुडासैनीको परिवारले रवि लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाण्डौमा किटानी जाहेरी दर्ता गराएका छन् ।

पत्रकार पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोग लागेर पक्राउ परेका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पुडासैनीकी पत्नीले किटानी दिएकी हुन्।

पुडासैनीले ज्यान फाल्नु अघि रेकर्ड गरेको भिडियोको आधारमा श्रीमती सम्झनाले प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार सम्झनाले तीनै जनालाई मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेको जाहेरी काठमाडौँबाट चितवन पुगेपछि सोहि अनुसार अनुसन्धान अघि बढ्नेछ ।

शनिबार पुडासैनीको १३ दिनको काजक्रिया सकेपछि सम्झनाले आइतबार आरोपित तिनैजना विरुद्ध जाहेरी दिएको बताइएको छ ।

प्रकाशित : , ०, ०१०:१९

६३ वर्षीय वृद्धले छिमेकीलाई हम्बरले हानेपछि …