काठमाडौँ – धेरैवर्ष देखि कालोपत्रे हुन नसकेको सातदोबाटो-चापागाउँ सडक खण्ड कालोपत्रे हुने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र ललितपुरका निर्वाचित सांसद बीच भएको छलफलमा कालोपत्रे तत्काल गर्ने सहमति भएको हो।
प्रदेश सभा सदस्य चेतनाथ संजेल, प्रदेश सभा सदस्य राजकाजी महर्जन, प्रतिनिधिसभा सदस्य पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य नवराज सिलवाल सहित ललितपुर नेकपाका विभिन्न नेता सहितको टोलिसँग मन्त्री महासेठको भेटघाटका क्रममा तत्काल कालोपत्रे गर्ने सहमति भएको छ।
छलफलको क्रममा ढोलाहिटि देखि टाहाखेल चौतारा सम्म उपलब्ध सडक कालोपत्रे गर्ने सहमति भएको बताइएको छ। यस सहमतिसँगै अब जस्ताको तस्तै सडक कालोपत्रे गरिदिन स्थानीयवासीहरुले गरिरहेको माग पूरा हुने भएको छ।
यस सडक खण्डमा धेरै समय देखि विवाद रहँदै आएको थियो। निर्माणको ठेक्का लिएको ठेकेदारले सडक किनारामा रहेका घर तथा संरचना हटाउन माग गर्दै आएको भएता पनि स्थानीयहरुले भने जस्ताको तस्तै उपलब्ध सडकमा कालोपत्रेको माग गर्दै आएका थिए।