“भारतको नयाँ नक्शामा नेपालको कालापानी-लिपुलेक, सशक्त प्रतिवाद गर्न ओलीको ध्यान जाओस्”

काठमाडौँ – नेपाल-भारत बीच खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना रहेकोमा प्राकृतिक सिमाना बाहेक सीमास्तम्भले सिमाना छुट्याउने गरिएको छ।

विभिन्न समयमा भारत-नेपाल सिमा क्षेत्रमा भारतीय पक्षबाट सिमा अतिक्रमण हुँदै आएको छ। भारतीय पक्षले सीमास्तम्भहरू तोड्ने-फोड्ने-भत्काउने देखि सीमास्तम्भहरू पर सार्ने समेत गर्दै आएको छ।

भारत र नेपाल बीच सिमाना विवाद रहेका क्षेत्र मध्ये कालापानी-लिपुलेक पनि पर्छ। तात्कालीन ब्रिटीश इण्डिया र नेपालबीच दुई सय वर्षअघि भएको सुगौली सन्धिको कारण कालापानी-लिपुलेकमा विवाद रहँदै आएको हो।

हालसालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्शामा कालापानी-लिपुलेकलाई समावेश गरेको पाइएको छ। संवैधानिक अधिकारिकको खारेज सँगै काश्मिर-लद्दाखलाई पूर्ण अधिनमा लिएको भारतले आफ्नो नयाँ नक्शामा कालापानी-लिपुलेकलाई पनि समावेश गरेको पाइएको छ।

कालापानी-लिपुलेकलाई भारतले नक्शामा समावेश गरेको प्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले खुलेरै विरोध गरेका छन्। मंगलबार ट्वीटर मार्फत थापाले भारतीय पक्षको यस कदमको विरोध गर्दै सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि रहेको भएता पनि भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेको र नेपालले निरन्तर विरोध गर्दै आएको उल्लेख गर्दै थापाले आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

थापा लेख्छन्,”कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न @PM_Nepal को ध्यान जाओस्”

प्रकाशित : , ०, ००६:२३

“भारतले साँढेपन देखाउँदा सरकार चुप बस्यो, नेपालको लिम्पियाधुरा भारतीय नक्सामा हुनु गलत”