जेलमा महराको भिआइपी अपराधीसँग भेट, ज्यानमारा र भ्रष्टाचारी “रुममेट” ! को-को ?

काठमाडौँ – जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

सोमबार थुनछेक बहस सकिएपछि महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागारमा पठाइएको छ ।

महराका तर्फबाट ३२ अधिवक्ताले बहसका लागि नाम लेखाएका थिए । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारको लागि तय गरिएको थियो । महराको अदालती बयान शुक्रबार भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरेको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई करणी प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगबारे थप अनुसन्धानका लागि महरालाई थुनामा पठाइएको हो । महरा कसुरदार हो वा होइन भन्ने कुरामा थप अनुसन्धानपछि मात्र अदालतले फैसला गर्नेछ ।

पुर्पक्षका लागि थुना राख्न आदेश दिएसँगै महराले सदरखोरका नामले चिनिने डिल्लीबजार कारागार रोजेका छन्। “क” र “ख” गरी दुई ब्लक रहेको यस कारागारको “क” ब्लकमा महरालाई राखिएको छ।

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी

कारागार श्रोतका अनुसार यस ब्लकमा लगभग ४५० जना कैदीबन्दीहरू छन्। सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा जेल सजाय भुक्तान गरिरहेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी र सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला पनि यहि ब्लकमा छन्। कोइराला श्रीमतीमारेको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका अपराधी हुन्।

सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला

महरालाई ठकुरी र कोइराला राखिएकै कोठामा राखिएको छ। कारागारका अन्य कोठा भन्दा सुविधासम्पन्न मानिने त्यस कोठामा तीन भिआइपी अपराधी अब एकसाथ रहने भएका छन्।

प्रकाशित : , ०, ००२:५१

नयाँ प्रदेश प्रमुख : पूर्वउपप्रधानमन्त्रीदेखि सादगी नेतासम्म